उदयपुरमा खोलाले बगाएर ३ वर्षीया बालिकाको मृ*त्यु

User Image मेयरसाप डेस्क | ३ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68e2040dd093f.jpg

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–५, दमौटीमा खोलाले बगाउँदा एक बालिकाको दुःखद मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार, शनिबार दिउँसो २ बजेतिर उजन राईकी तीन वर्षीया छोरी रेबिका राई घर नजिकैको अम्बिका खोलामा खेल्ने क्रममा खोलाले बगाएको थियो ।

बालिकाको शवलाई कानूनी प्रक्रिया पूरा गरी आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक केदारमान दोङले जानकारी दिए ।

प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ ।


Facebook Comments