पृथ्वी राजमार्गमा फेरि सडक भासियो

User Image मेयरसाप डेस्क | ३ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68e201afaa29d.jpg

दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४, साँखरमा शनिबार बिहानैदेखि परेको वर्षाका कारण सडक भासिएको छ । यससँगै आँबुखैरेनी–मुग्लिन सडक खण्ड मा आवागमन एकतर्फी मात्र सञ्चालन भएको छ ।

इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले अपरान्ह ४ बजेतिर सडक भासिएको जानकारी दिँदै दुवैतर्फ प्रहरी राखेर सुरक्षित रूपमा सवारीसाधन आवतजावतको व्यवस्था मिलाइएको बताए ।

प्रहरीले रातिको समयमा उक्त ठाउँमा अत्यधिक जोखिम हुने भएकाले यात्रा नगर्न यात्रुहरूलाई आग्रह गरेको छ ।

विसं २०७९ जेठ २७ गते पनि सोही ठाउँमा सडक भासिएको थियो । त्यसबेला भित्ता काटेर मस्र्याङ्दी नदीतर्फबाट पर्खाल उठाएर मर्मत गरिएको थियो, तर सोही स्थानमा फेरि सडक भासिएको हो ।


Facebook Comments