पाँचथर दुर्घटनामा ज्यान गुमाउने ६ जनाको पहिचान खुल्यो

User Image मेयरसाप डेस्क | ३ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68e0e399cacb9.jpg

पाँचथर । तमोर कोरिडोरअन्तर्गत कुम्मायक गाउँपालिका–३ कात्तिकेमा शनिबार भएको बोलेरो दुर्घटनामा ज्यान गुमाउने ६ जनाको पहिचान खुलेको छ । 

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ साँवाबाट धरान जाँदै गरेको मे १ ज ३०५५ नम्बरको बोलेरो सडकबाट करिब ३०० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको थियो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रुपेश तामाङले दिएको जानकारी अनुसार, दुर्घटनामा मृत्यु हुनेहरूको विवरण यसप्रकार छ ।

मनिषा कार्की, २८ वर्षीया (मोरङ, उर्लाबारी–८)
युना तामाङ, २९ वर्षीया (ताप्लेजुङ, मेरिङदेन–५)
धनकुमार चोङबाङ, ३३ वर्षीय (ताप्लेजुङ, मेरिङदेन–५)
अभिषेक लिम्बू, ३२ वर्षीय (ताप्लेजुङ, मेरिङदेन–५)
विनोद लङ्वा लिम्बू, ३३ वर्षीय (ताप्लेजुङ, मेरिङदेन–२)
गीता हाङगाम, २१ वर्षीया (ताप्लेजुङ, मेरिङदेन–४)

दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइतेहरूको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचार भइरहेको छ ।

घाइते हुनेहरूमा मेरिङदेन–५ का महेश लिम्बू र विमल लिम्बू, मिक्वाखोला–४ का मनु साँवा लिम्बू, अनिश लिम्बू र संजोहाङ लिम्बू, तथा सुनसरीको इटहरी–७ का महेश गुरागाइँ रहेका छन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार बोलेरो आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो ।


Facebook Comments