चितवनमा अत्यावश्यक साना सवारीलाई गन्तव्यतर्फ जान अनुमति


चितवन । अविरल वर्षाका कारण पहिरोको जोखिम बढेपछि शनिबार साँझदेखि रोकिएका अत्यावश्यक हलुका सवारीसाधनहरूलाई गन्तव्यतर्फ जान अनुमति दिइएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार, नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गको चितवन खण्ड मा ठाउँठाउँमा खसेका साना पहिरो र ढुङ्गाहरू पन्छाएर अत्यावश्यक सवारीसाधनलाई पठाइएको हो ।
वर्षाका कारण सडकमा पहिरोको जोखिम कायमै रहेकाले लामो दूरीका ठूला सवारीसाधनहरू भने रोकिएका छन् ।
काठमाडौँ जाने सवारीसाधनलाई चितवनको फिस्लिङ, कुरिनटार, जुगेडी, रामनगर, आँपटारी लगायत ‘स्टपिङ प्लान’ अनुसार तोकिएका विभिन्न स्थानहरूमा ’होल्ड’ गरिएको छ ।
धादिङ र तनहुँमा समेत सडक अवरुद्ध रहेकाले सडकको अवरोध नहट्दासम्म र मौसमको अवस्था हेरेर मात्र रोकिएका सवारीसाधनलाई पार गराइने प्रहरीले जनाएको छ ।
Facebook Comments