सचिवालय बैठकमा प्रचण्डले भने– ‘पार्टी एकताको छलफल सकारात्मक छ’

User Image मेयरसाप डेस्क | २ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68e39c166ce2f.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रले निर्वाचनबाट मात्रै संविधान र व्यवस्थाको रक्षा गर्नसक्ने निष्कर्ष निकालेको छ ।

सोमबार बसेको सचिवालय बैठकले आगामी निर्वाचनमा सक्रियतासाथ भाग लिने निर्णय गर्दै संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई चुनावमा सहभागी हुन आह्वान गरेको छ ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता अग्नि सापकोटाले घोषित मितिमै निर्वाचन हुनुपर्छ भन्ने पार्टीको धारणा रहेको जानकारी दिए ।

बैठकमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी मोर्चा विस्तार र विचार मिल्नेहरूसँग एकताको लागि सकारात्मक छलफल भइरहेको ब्रिफिङ गरेका थिए । मोर्चामा एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा र नेसपा सहभागी छन् ।

साथै, देशभर आएको भारी वर्षाबाट भएको क्षतिको गम्भीर समीक्षा गर्दै बैठकले विपद्पछिको पुनर्निर्माणमा एक भएर जुट्न आह्वान गरेको छ ।


Facebook Comments