सेनाको हेलिकप्टरबाट ४ जना गर्भवतीको उद्धार

User Image मेयरसाप डेस्क | २ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68e3a17008e92.jpg

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको हवाई उद्धार कार्यक्रमअन्तर्गत आज (सोमबार) नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी चार जना गर्भवतीको उद्धार गरिएको छ ।

उद्धार गरिएका गर्भवतीहरूलाई इलाम र पाँचथरका दुर्गम स्थानबाट तत्काल उपचारका लागि अस्पताल पुर्याइएको हो ।

इलामको माईजोगमाई–५ सिरसिरे र सन्दकपुर–१ छाँगे, पाँचथरको फिदिम–१२ पुल भञ्ज्याङ, सङ्खुवासभाको भोटखोला–३ हुङगुङबाट उनीहरुको उद्धार गरिएको हो ।

उद्धारपछि उनीहरूलाई झापाको बी एन्ड सी अस्पताल र कोशी प्रादेशिक अस्पताल, विराटनगरमा थप उपचारका लागि पुर्याइएको छ ।

यो उद्धार कार्य मन्त्रालयले राष्ट्रिय महिला सशक्तिकरण परियोजना अन्तर्गत गर्भवती तथा सुत्केरीका लागि सञ्चालन गरेको हवाई उद्धार कार्यक्रमको हिस्सा हो ।


Facebook Comments