टर्चलाइटले हानेर श्रीमतीले गरिन् श्रीमानको ह*त्या

User Image मेयरसाप डेस्क | २ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68e3a43ead538.jpg

दाङ । दाङको घोराही उपमहानगरपालिका–१ मा ६४ वर्षीय श्रीमान् ढालबहादुर चौधरीको हत्या आरोपमा उनकै ६२ वर्षीया श्रीमती छायादेवी चौधरी पक्राउ परेकी छन् ।

दाङका प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर शाहका अनुसार, शनिबार राति आपसी विवादका क्रममा श्रीमती छायादेवीले श्रीमान् ढालबहादुरको टाउकोमा टर्च लाइटले प्रहार गरेकी थिइन् ।

सँगसँगै मदिरा सेवन गरेपछि उनीहरूबीच भनाभन भएको थियो । त्यसपछि ओछ्यानमा निदाइरहेका ढालबहादुरलाई छायादेवीले टर्चलाइटले हानेकी थिइन् । टाउको फुटेर अत्यधिक रक्तश्रावका कारण ढालबहादुर बिहान मृत फेला परेका थिए ।

प्रहरीले हत्या आरोपी छायादेवीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको डीएसपी शाहले जानकारी दिए ।


Facebook Comments