सल्यानमा जीप दुर्घटना : चालकसहित ८ जना घाइते

User Image मेयरसाप डेस्क | २ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68e0f9b6537d7.jpg

सुर्खेत । सल्यानको शारदा नगरपालिका–८, जावलपुर स्थित सुनाचौरतर्फ जाँदै गरेको लु.प्र. ०२–००१ च ०१८६ नम्बरको डबलक्याप जीप दुर्घटना हुँदा चालकसहित ८ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता रेशम खत्रीका अनुसार, सोमबार दिउँसो १ बजेतिर दुर्घटनामा परेको जीप सडकबाट करिब ४०–५० मिटर तल खसेको थियो ।

गम्भीर घाइते भएका २७ वर्षीय चालक सुरेन्द्र कुवँरको टाउको, कान र हातमा चोट लागेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये केहीको जिल्ला अस्पताल सल्यान र केहीको कर्णाली अस्पताल श्रीनगरमा उपचार भइरहेको छ ।

दुर्घटनामा ६२ वर्षीया भोटी कुमारी बुढाथोकी, १८ वर्षीय कुल बहादुर बुढा, ६९ वर्षीय लाल बहादुर भण्डारी र २१ वर्षीया मञ्जुरी राना (५ महिनाकी छोरीसहित) मध्यम र सामान्य घाइते भएका छन् ।

घटनालगत्तै प्रहरी निरीक्षक रेशम बहादुर खत्रीको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो र दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Facebook Comments