भोजपुरमा वर्षा र हावाहुरीले धानबालीमा ठूलो क्षति

भोजपुर । जिल्लामा केही दिनदेखि लगातार भइरहेको वर्षा र हावाहुरीका कारण धानबालीमा गम्भीर क्षति पुगेको छ । बाली परिपक्व हुने र बाला लाग्ने बेलाको धान ढलेपछि किसानहरू चिन्तित बनेका छन् ।
जिल्लाको बोखिम, पोखरे, दावा लगायत धान खेती हुने अधिकांश भेगमा भारी वर्षा र हावाहुरीले क्षति पुर्याएको स्थानीय किसानहरूले बताएका छन् ।
भोजपुर नगरपालिका–५, बोखिमका किसान रूपनारायण फुयाँलले भने, “पसाउँदै गरेको धान खेतमा ढलेर सखाप भएको अवस्था छ । अझै यस्तै वर्षा भएमा धानबालीमा ठूलो क्षति हुने निश्चित छ ।”
जिल्लाका सबै स्थानीय तहमा धान खेती हुने गरेकाले किसानहरूले बाली जोगाउन नसके ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपर्ने अवस्था आएको छ ।
Facebook Comments