पहिरो पन्छाएपछि अवरुद्ध कटारी–घुर्मी सडकखण्ड सुचारु


गाईघाट । अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध भएको सिद्धिचरण मार्गअन्तर्गतको कटारी–घुर्मी सडकखण्डमा यातायात सेवा पुनः सञ्चालनमा आएको छ ।
गत शुक्रबार साँझ पहिरो खसेपछि यो खण्डमा यातायात बन्द गरिएको थियो । सडक विभाग, प्रहरी र स्थानीयवासीको सक्रियता मा पहिरो पन्छाइएपछि सोमबारदेखि सडक सुचारु भएको हो ।
इलाका प्रहरी कार्यालय कटारीका प्रमुख कमल बजगाईंले जानकारी दिएअनुसार, अब सिरहाको मिर्चैया हुँदै कटारी–घुर्मी भएर ओखलढुङ्गा र खोटाङतर्फ यातायात आवतजावत गर्न थालेको छ ।
यद्यपि, पहिरोको जोखिम कायमै रहेकाले रात्रिकालीन समयमा सो मार्गमा सवारी सञ्चालन गर्न रोक लगाइएको छ ।
Facebook Comments