हरामी चोकमा माइक्रो दुर्घटना हुँदा १६ जना घाइते

User Image मेयरसाप डेस्क | १२ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68e492d65e1d8.jpg

बागमती । मदन भण्डारी लोकमार्गअन्तर्गत मकवानपुरको बागमती गाउँपालिका–४, हरामी चोकमा आज बिहान इभी माइक्रो दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।

सिन्धुलीबाट हेटौँडातर्फ आउँदै गरेको म.प्र.०२–००१ ज ००७२ नम्बरको माइक्रो भित्रि बाटोबाट लोकमार्गमा निस्कँदै गरेको ना ५ प ५५५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएर अनियन्त्रित भई दुर्घटनामा परेको हो ।

माइक्रो सडकबाट करिब १५ फिट तल खोल्सीमा खसेको थियो । माइक्रोमा सवार यात्रु र मोटरसाइकल चालकसहित १६ जना घाइते भएका छन् ।

घाइतेहरूको उद्धार गरी उपचारका लागि स्थानीय साम्भी पोलिक्लिनिक तथा सहकारी अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुर सापकोटाले जानकारी दिए ।


Facebook Comments