बर्दियामा १० वर्षीया बालिकाको शव गाडिएको अवस्थामा फेला


काठमाडौं । बर्दियाको गेरुवा गाउँपालिका–५, झबही गाउँकी १० वर्षीया एन्जल भनिने भारती देउवाको शव बेपत्ता भएको तीन दिनपछि गुडीखोलाको किनारमा गाडिएको अवस्थामा फेला परेको छ ।
असोज १७ गते आफन्तको घरमा बिहेमा गएपछि कपडा फेर्न घर फर्कने क्रममा उनी बेपत्ता भएकी थिइन् । असोज १८ गते गुडीखोलामा उनको साइकल फेला परेको थियो ।
गहन खोजीपछि असोज २० गते दिउँसो घरबाट करिब २ किलोमिटर उत्तरमा खोला छेउको जमिनमुनि हल्का पुरिएको (घोप्टो अवस्थामा) शव फेला परेको इलाका प्रहरी कार्यालय राजापुरका डिएसपी कविन्द्रसिंह बोहराले जानकारी दिए ।
हत्या भएको आशंकामा शव पोस्टमार्टमका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Facebook Comments