सुनको मूल्य निरन्तर आकासिँदो, कतिमा हुँदैछ कारोबार?

User Image मेयरसाप डेस्क | २०८२ असोज २१ गते ०७:४७
Image of https://mayorsap.com/storage/photos/10/68e4a5aab84a4.jpg

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै त्यसको प्रत्यक्ष असर नेपाली बजारमा परेको छ । सोमबारको तुलनामा आज (मङ्गलबार) एक तोला सुनको मूल्यमा रु २ हजार ३ सयले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, सोमबार रु २ लाख ३३ हजार १०० मा कारोबार भएको एक तोला सुन को मूल्य आज बढेर रु २ लाख ३५ हजार ४०० कायम भएको छ ।

चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार रु २ हजार ९६० मा खरिदबिक्री भएको एक तोला चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, आज एक औँस सुनको मूल्य ३ हजार ९६५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


Facebook Comments