अख्तियारका प्रमुख आयुक्त प्रेम राईको राजीनामा माग

User Image मेयरसाप डेस्क | १० घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68e4a27a28133.jpg

काठमाडौं । जेनजी मुभमेन्ट अलायन्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईको स्वेच्छिक राजीनामा माग गरेको छ ।

सोमबार (हिजाे) प्रेस विज्ञप्ति जारी गर्दै अलायन्सले राईमाथि नेपाल आयल निगम जग्गा खरिद, नक्कली भुटानी शरणार्थी र वाइडबडी खरिद लगायतका प्रकरणमा मुछिएको आरोप लगाएको छ ।

अलायन्सका अनुसार, हाल संसद नभएका कारण महाअभियोग लगाउन सम्भव नभएको अवस्थामा राई लगायतका आयुक्तहरूको राजीनामा आवश्यक छ । 

राजीनामा भएपछि मात्र निष्पक्ष, स्वतन्त्र र सक्षम पदाधिकारी नियुक्त गरी भ्रष्टाचारसम्बन्धी कामकारबाही तीव्र गतिमा अघि बढ्न सक्ने उनीहरूको भनाइ छ ।

अलायन्सले मंगलबार (आज) आयोगको कार्यालयमा निवेदन दर्ता गराएकाे छ । राजीनामा नदिए अन्य कदम चाल्ने चेतावनी दिएको छ ।


Facebook Comments