नेपालको बाढी–पहिरो क्षतिमा पाकिस्तानी प्रधानमन्त्री सरिफद्वारा दुःख व्यक्त

User Image मेयरसाप डेस्क | ८ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68e4c01dbb63b.jpg

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शेहवाज सरिफले नेपालमा हालैको बाढी–पहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल ‘एक्स’ (पहिलेको ट्विटर) मार्फत उनले नेपालको दुःखमा पाकिस्तान सँगै रहेको बताएका हुन् ।

उनले भनेका छन्, “नेपालमा बाढी र पहिरोबाट भएको जनधनको व्यापक क्षतिबाट म ज्यादै दुःखी छु। म शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु। यो कठिन क्षणमा पाकिस्तान सरकार र जनता नेपाल सरकार र नेपाली जनताका साथमा छन्।”


Facebook Comments