प्रधानमन्त्री कार्यालयमा राष्ट्रिय विपद् परिषद् बैठक जारी

User Image मेयरसाप डेस्क | ८ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68e4c44c2f035.jpg

काठमाडौं । अविरल वर्षापछिको बाढीपहिरोबाट सिर्जित विपत्ति र त्यसको व्यवस्थापनबारे छलफल गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक प्रधानमन्त्री कार्यालयमा जारी छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टका अनुसार, बैठकमा ९ वटा एजेन्डामा छलफल भइ निर्णय हुने तयारी छ ।

पीडित परिवारलाई राहत उपलब्ध गराउने र मृतक तथा बेपत्ताका परिवारलाई कानूनबमोजिम राहत दिने र अवरुद्ध सडक सञ्चालन गर्ने तथा अत्यावश्यक सेवा सुरुचारु गर्ने, अस्थायी आवास निर्माण गर्ने, विपद्पछि फैलिन सक्ने महामारीजन्य रोगको व्यवस्थापन गर्नेलगायत बैठकका एजेण्डा छन् ।

हालैको मौसमी प्रणालीका कारण आएको बाढी पहिरोले ६० जनाको ज्यान गएको छ भने इलाममा सबैभन्दा धेरै क्षति भएको छ । बैठकमा मन्त्रीहरू, प्रदेशका मुख्यमन्त्रीहरू, प्रधानसेनापति र विज्ञ सदस्यहरू सहभागी छन् ।


Facebook Comments