कुख्यात नेपाली अपराधी भारतीय प्रहरीको इन्काउन्टरमा मारिए


एजेन्सी । हत्या, डकैती र चोरीको अभियोग लागेका भीम जोरा नामका एक नेपाली नागरिक भारतीय प्रहरीको इन्काउन्टरमा मारिएका छन् ।
कुख्यात अपराधीको सूचीमा रहेका जोराको दिल्लीस्थित आस्थाकुञ्ज पार्कमा गुडगाउँ र दिल्ली प्रहरीसँगको झडपमा मृत्यु भएको हो ।
सोमबार राति भएको कारबाहीका क्रममा जोराले प्रहरीमाथि गोली चलाएपछि जवाफी कारबाहीमा उनी गम्भीर घाइते भई अस्पतालमा मृत घोषित भएका हुन् । उनका एक सहयोगी भने भाग्न सफल भएका छन् ।
भारतीय शहरहरूमा चोरी गर्ने नेपाली गिरोहका नेता जोरामाथि मे २०२४ मा दिल्लीका डा. योगेशचन्द्र पौलको हत्या र गुडगाउँमा भाजपा उपाध्यक्षको घरमा भएको २० लाखको चोरी सहित धेरै मुद्दाहरू थिए ।
उनको गिरोहले धनी घरहरूमा नक्कली आधार कार्ड प्रयोग गरी कामदारको रूपमा छिर्ने र बासिन्दालाई नशालु पदार्थ दिएर वा बन्धक बनाएर चोरी गरी नेपाल भाग्ने गरेको बताइएको छ ।
Facebook Comments