शीर्ष नेताहरूको बैंक खातादेखि जग्गाको विवरण पठाउन पत्राचार

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68e4d1f49b413.jpg

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले शीर्ष राजनीतिक नेताहरूउपरको अनुसन्धानलाई तीव्र बनाउँदै विभिन्न सरकारी निकायहरूसँग उनीहरूको सम्पत्ति विवरण माग गरेको छ ।

विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा उनकी पत्नी आरजु राणा देउवा र पुत्र जयवीर देउवा सहित, एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, र कांग्रेस नेता दीपक खड्काको सम्पत्तिमाथि छानबिन गरिरहेको छ ।

अनुसन्धानका लागि विभागले नेपाल राष्ट्र बैंक, कम्पनी रजिस्ट्रारको कार्यालय, सीडीएस एन्ड क्लियरिङ र भूमिसुधार तथा मालपोत विभागमा पत्राचार गरेको छ । विभागले बैंक खाताको मौज्दात, शेयर कारोबार र घरजग्गा विवरण पठाउन पत्राचार गरेकाे हाे ।

राष्ट्र बैंकबाट विवरण प्राप्त भएपछि बैंक खाता रोक्का गर्नेसम्मको तयारी रहेको विभाग स्रोतले जानकारी दिएको छ । राष्ट्र बैंकलाई दशैं बिदाअघि नै पत्राचार गरिएको थियो ।

स्रोतका अनुसार, शीर्ष नेताहरूको सम्पत्तिमाथि प्रारम्भिक अनुसन्धान जारी छ र यसका लागि छुट्टै अनुसन्धान टोली परिचालन गरिएको छ । जेन–जी आन्दोलनमा जलेका पैसामाथिको अनुसन्धान पनि चलिरहेको छ ।


Facebook Comments