फौजदारी कसुरमा संलग्नलाई कारबाही गर्न प्रतिवेदन कुर्नु नपर्ने


काठमाडौं । जेनजी प्रदर्शनमा भएको दमन र त्यसपछिको आगजनीबारे जाँचबुझ गर्न गठित आयोगले फौजदारी कसुरको अनुसन्धानका लागि आफ्नो प्रतिवेदन कुर्न नपर्ने स्पष्ट पारेको छ ।
आयोगले मङ्गलबार विज्ञप्ति जारी गर्दै ९ असोजको गृह मन्त्रालयको निर्देशनप्रति ध्यानाकर्षण गराएको हो । यसअघि गृहले भदौ २३ र २४ गतेको घटनाको तत्काल अनुसन्धान अघि नबढाउन प्रहरी प्रशासनलाई निर्देशन दिएको थियो ।
आयोगका सदस्य विज्ञानराज शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘फौजदारी कसूरमा संलग्न जोकोहीलाई नेपाल सरकारका संयन्त्रहरूबाट तत्काल अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने व्यहोरा सूचित गरिएको छ ।’
Facebook Comments