ओली र लेखकविरुद्ध किटानी जाहेरी जाँचबुझ आयोगमा पठाइयो

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68e4dd088085d.jpg

काठमाडौं । हामी नेपालका संस्थापक सुधन गुरुङ लगायतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध किटानी जाहेरी जिल्ला प्रहरी परिसर काठमाडौंमा पेश गरेका छन् ।

जेनजी आन्दोलनको दमनको आरोपमा दर्ता गर्न खोजिएको लिखित जाहेरीलाई प्रहरीले भने जाँचबुझ आयोगमा पठाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी पवनकुमार भट्टराईका अनुसार, जेनजी आन्दोलनको घटना छानबिनका लागि सरकारले गठन गरेको जाँचबुझ आयोगले काम गरिरहेकाले जाहेरी लिएर सोही आयोगमा पठाइएको हो ।

जाहेरी पेश गर्ने सुधन गुरुङ सुशीला कार्की नेतृत्वको सरकारमा हस्तक्षेपकारी भूमिका खेलिरहेको बताइन्छ । उनी सामाजिक सञ्जालमार्फत ओली र लेखकलाई पक्राउ गर्नुपर्ने भन्दै अभियान चलाइरहेका छन् ।


Facebook Comments