बालेन र सुधन गुरुङविरुद्ध किटानी जाहेरी दिइँदै

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68e4f4f747fb4.jpg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध किटानी जाहेरी दिने प्रयास भएपछि एमालेको भ्रातृ संगठन अनेरास्ववियुले त्यसको काउन्टर दिने तयारी गरेको छ ।

अखिलका नेताहरू आज (मङ्गलबार) काठमाडौं प्रहरी परिसरमा महानगरका मेयर बालेन्द्र साह (बालेन) र हामी नेपालका संस्थापक सुधन गुरुङविरुद्ध किटानी जाहेरी दिन जान लागेका छन् ।

अनेरास्ववियुले सिंहदरबार लगायत सरकारी संरचनामा आगजनी, निजी सम्पत्ति ध्वंस र प्रहरीहरूको हत्या गरेको आरोपमा बालेन र सुधन गुरुङलाई आरोपित गर्दै जाहेरी दिने तयारी गरेको हो ।

अनेरास्ववियुका महासचिव दीपक धामीले आज साँझ ६ बजेभित्र जाहेरी दर्ता गराउने गरी तयारी भइरहेको जानकारी दिए ।


Facebook Comments