म्याड्रिडमा भवन भत्किँदा चार जना बेपत्ता, १० घाइते


एजेन्सी । स्पेनको पर्यटकीय शहर म्याड्रिडमा निर्माणाधीन भवन भत्किँदा भग्नाबशेषमा चार जना परी वेपत्ता भएका छन् । वेपत्ताको खोजी गर्न स्पेनी आपतकालीन सेवाले टोलीहरू परिचालन गरेको अधिकारीहरूले बताएका छन् ।
म्याड्रिड क्षेत्रका लागि केन्द्रीय सरकारका उच्च प्रतिनिधि फ्रान्सिस्को मार्टिन अगुइरेले घटनाको पुष्टि गर्दै उक्त दुखद् घटनामा कम्तीमा १४ जना हताहत भएको बताए ।
समाचार तयार पार्दासम्म वेपत्ता हुनेको सङ्ख्या चार पुगेको छ । उनीहरू जीबित पाइने आशा क्षीण रहेको छ भने कम्तीमा १० जनालाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि पठाइएको छ ।
घाइतेमध्ये अधिकांशलाई सामान्य चोट लागेको बताइएको छ ।
Facebook Comments