प्रहरीले बुझ्यो बालेन र सुदनविरुद्धको जाहेरी, दर्ता गर्न अनिच्छा


काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध किटानी जाहेरी प्रहरीलाई बुझाएको छ ।
अनेरास्ववियुका महासचिव दीपक धामी र पूर्वअध्यक्ष समिक बडालले काठमाडौं प्रहरी परिसरमा जाहेरी पेश गरेका हुन् ।
जाहेरी बुझेपछि प्रहरीले सरकारी वकिल कार्यालयसँग छलफल गरेर थप निर्णय लिने जवाफ दिएको नेता बडालले जानकारी दिए ।
बडालले २४ घण्टाभित्र जाहेरी दर्ता नभए थप न्यायिक निरूपणका लागि अगाडि बढ्ने चेतावनी समेत दिएका छन् ।
महासचिव धामीले ’कुनै मान्छेको हुङ्कारले सरकारी कार्यालय चल्दैन’ भन्दै विधिको शासन र सरकारी कार्यालयमा हुकुमी शासन नचल्ने बताए ।
Facebook Comments