नवनिर्वाचित मेयर आइरिसमाथि छु*रा प्रहार, अवस्था गम्भीर


एजेन्सी । जर्मनीको पश्चिमी सहर हर्देकेकी नवनिर्वाचित मेयर आइरिस स्टाल्ट्जरमाथि उनको घरबाहिर छुरा प्रहार भएको छ ।
५७ वर्षीया स्टाल्ट्जरलाई गम्भीर चोटसहित हेलिकप्टरमार्फत अस्पताल पुर्याइएको र उनको जीवन अझै खतरामा रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले प्रारम्भिक अनुसन्धानका आधारमा यो आक्रमण राजनीतिबाट प्रेरित नभएको र पारिवारिक सम्बन्ध हुन सक्ने अनुमान गरेको छ ।
सेन्टर–लेफ्ट सोसियल डेमोक्रेटिक पार्टी (एसपीडी) बाट सेप्टेम्बर २८ मा मेयरमा निर्वाचित भएकी स्टाल्ट्जरले नोभेम्बरमा पदभार सम्हाल्ने तयारीमा थिइन् ।
जर्मन चान्सलर फ्रेडरिक मेर्जले यस जघन्य अपराधको खबरले आफू चिन्तित भएको बताउँदै उनको पूर्ण स्वास्थ्यलाभको कामना गरेका छन् ।
Facebook Comments