दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

User Image मेयरसाप डेस्क | २ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68e62e1bda82d.jpg

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामो समयदेखि चर्चामा रहेको पोखराको लिची बगान जग्गा घोटाला प्रकरणमा गहन छानबिनपछि दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

अख्तियारले आरोपितहरूविरुद्ध मुद्दा दायरका लागि विशेष अदालतमा रुजु प्रक्रिया पूरा गरेको हो ।

अख्तियारले जग्गा हिनामिनाको यस प्रकरणमा संलग्न पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठ सँगै अन्य ५ जना गरी कुल ७ जनाविरुद्ध ७८ लाख रुपैयाँ बिगो मागदाबी गरेको छ ।

अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले विशेष अदालतमा मुद्दा दायर भइसकेको पुष्टि गर्दै भ्रष्टाचार निवारण ऐनअनुसार कारबाही प्रक्रिया अगाडि बढेको जानकारी दिए ।

पूर्वमन्त्रीद्वय र बिचौलियासहितका व्यक्तिको बीचमा भएको भनिएको घूस लेनदेनको विषयमा अडियो सार्वजनिक भएपछि अख्तियारले यो प्रकरणमा अनुसन्धान सुरु गरेको थियो ।

जग्गा अनियमितता, पदको दुरुपयोग र आर्थिक लाभ लिने उद्देश्यले सार्वजनिक सम्पत्तिमा हानि पुर्याएको आरोपमा उनीहरूमाथि मुद्दा चलाइएको अख्तियारले जनाएको छ ।


Facebook Comments