मधेश प्रदेश सरकारबाट एमालेले लियाे समर्थन फिर्ता

User Image मेयरसाप डेस्क | २ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68e4afa53870e.jpg

जनकपुरधाम । नेकपा एमालेले बुधबार मुख्यमन्त्री सतिशकुमार सिंह नेतृत्वको मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

एमाले मधेश प्रदेश सभा संसदीय दलका नेता सरोज कुमार यादवले हस्ताक्षर गरेको समर्थन फिर्ताको पत्र प्रदेश प्रमुखको कार्यालयमा इमेलमार्फत पठाएको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले पुष्टि गरे ।

यसअघि नेपाली कांग्रेस र जनमत पार्टीले समेत समर्थन फिर्ता लिइसकेका थिए । जनमतले त आफ्ना मन्त्रीहरूलाई फिर्ता पनि बोलाइसकेको छ ।

मुख्यमन्त्री सिंहले राजीनामा दिन अस्वीकार गर्दै संसद फेस गर्ने अडान लिएका छन् । एमालेको समर्थन फिर्तासँगै मधेश प्रदेशमा सरकार परिवर्तनका लागि छलफल तीव्र भएको छ ।


Facebook Comments