राष्ट्रपति पौडेलद्वारा सर्वदलीय बैठक आह्वान


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न निर्वाचनको विषयमा छलफल गर्न आज (शुक्रबार) दिउँसो ४ बजे सर्वदलीय बैठक बोलाएका छन् ।
निर्वाचनको कार्यतालिका सार्वजनिक भइसक्दा पनि राजनीतिक दलहरूसँग सरकारको संवाद हुन नसकेको अवस्थामा राष्ट्रपतिले यो पहल गरेका हुन् । बैठकमा प्रधानमन्त्री सुशीला कार्की सहित विघटित प्रतिनिधिसभामा रहेका सबै राजनीतिक दलहरूलाई आह्वान गरिएको छ ।
यसअघि बिहीबार राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता भएको थियो । भेटमा राष्ट्रपतिले राजनीतिक वातावरण तयार गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका थिए । त्यसपछि प्रधानमन्त्रीको अनुरोधमा राष्ट्रपतिले दलहरूसँग संवादको पहल गरेका थिए ।
भेटका क्रममा प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगले तयारी गरिरहेको र सरकारले पनि चुनावका लागि आवश्यक तयारी गरिरहेकोबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए ।
Facebook Comments