जेन–जी आन्दोलनमा उत्तरपुस्तिका जलेपछि त्रिविले पुनः परीक्षा लिने


काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले जेनजी आन्दोलनका क्रममा उत्तरपुस्तिका जलेर नष्ट भएका परीक्षा केन्द्रहरूमा पुनः परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।
परीक्षा नियन्त्रण कार्यालय, बल्खुका अनुसार तीनवटा परीक्षा केन्द्रका ६५२ जना विद्यार्थीको उत्तरपुस्तिका जलेर नष्ट भएको हो । गत भदौ २२ र २३ गते सञ्चालित ४ वर्षे स्नातक तह दोस्रो वर्षको आंशिक तथा मौका परीक्षाका उत्तरपुस्तिकाहरू नष्ट भएका हुन् ।
व्यवस्थापन, मानविकी तथा सामाजिकशास्त्र र शिक्षाशास्त्र संकायका विद्यार्थीहरू प्रभावित भएका छन् । सुरक्षाका लागि नजिकैको प्रहरी चौकीमा राखिएका उत्तरपुस्तिकाहरू आन्दोलनका क्रममा चौकी जलाएपछि नष्ट भएका थिए ।
त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको असोज २२ गतेको बैठकले परीक्षा रद्द गरी पुनः परीक्षा लिने निर्णय गरेको छ । सम्बन्धित परीक्षा केन्द्रका विद्यार्थीहरूले उक्त दिनका परीक्षाहरू पुनः दिनुपर्ने बल्खुले जनाएको छ ।
Facebook Comments