करार कर्मचारी नराख्ने सरकारकाे निर्णय शिक्षकलाई लागू नहुने


काठमाडौं । सरकारले अनुत्पादक खर्च कटौती र मितव्ययिता कायम गर्न अस्थायी तथा करारमा कर्मचारी नराख्ने निर्णय गरे पनि करार शिक्षकको हकमा भने यो नियम लागू नहुने भएको छ ।
अर्थ मन्त्रालयले गत असोज ७ गते जारी गरेको विज्ञप्तिको बुँदा (ज) मा नेपाल सरकार, प्रदेश तथा स्थानीय तहमा स्वीकृत दरबन्दीबाहेकमा अस्थायी तथा करारमा कर्मचारी राख्न नपाउने उल्लेख थियो ।
उक्त निर्णयपछि स्थानीय तह र विद्यालयहरूले करार शिक्षकको सन्दर्भमा अस्पष्टता देखाउँदै प्रश्न उठाएका थिए । यसै सन्दर्भमा शिक्षा मन्त्रालयले सो बुँदा शिक्षकको हकमा आकर्षित नहुने स्पष्ट पारेको हो ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्र गरी अर्थ मन्त्रालयको उक्त निर्णय शिक्षकको हकमा लागू नहुने जानकारी गराएको छ ।
Facebook Comments