जिल्ला प्रशासनको टोलीद्वारा सिआन पुनर्स्थापना केन्द्रको अनुगमन

User Image दिक्षान्स खड्का | ३ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68e8b4575aae3.jpg

हेटौंडा । मकवानपुर जिल्ला प्रशासन कार्यालयअन्तर्गतको लागुऔषध नियन्त्रण तथा पुनस्र्थापना अनुगमन समितिले बिहीबार हेटौंडा–९ स्थित सिआन पुनस्र्थापना केन्द्रको वार्षिक अनुगमन सम्पन्न गरेको छ ।

प्रशासकीय अधिकृत सरोज पौडेलको नेतृत्वमा गएको अनुगमन टोलीले केन्द्रको सेवा सधैंजसो सन्तोषजनक रहेको निष्कर्ष निकालेको छ ।

वर्षमा एकपटक गरिने यो अनुगमनमा केन्द्रको जग्गाको मापदण्ड, स्वास्थ्यकर्मीहरूसँगको सहकार्य, खाना, सरसफाइ र मेडिकल व्यवस्था लगायतका सेवा–सुविधाहरूको समग्र मूल्याङ्कन गरिएको थियो ।

अनुगमनमा संलग्न टोलीका सदस्यहरूले मकवानपुरका सातवटा पुनस्र्थापना केन्द्रहरूमध्ये सिआन पुनस्र्थापना केन्द्रले सबैभन्दा राम्रो सेवा दिएको भन्दै प्रशंसा गरेका छन् ।

अनुगमन टोलीमा हेटौंडा अस्पताल, स्वास्थ्य कार्यालय, जिल्ला प्रहरी कार्यालय र हेटौंडा उपमहानगरपालिकाका प्रतिनिधिहरू सहभागी थिए ।


Facebook Comments