मुलुकमा इतिहासकै ठूलो वैदेशिक हस्तक्षेप भयाे : प्रचण्ड

User Image मेयरसाप डेस्क | ६ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68e8bcbb33def.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ले मुलुकले अहिले इतिहासकै सबैभन्दा ठूलो वैदेशिक दबाब र हस्तक्षेपको महसुस गरिरहेको बताएका छन् ।

काठमाडौंमा सम्पादकहरूसँगको संवादमा बोल्दै प्रचण्डले देश अहिले अप्ठ्यारो अवस्थामा रहेको बताएका हुन् । उनले विगतको समीक्षा र आगामी बाटो बारे गम्भीर बहस र छलफल गरेर साझा निष्कर्ष निकाल्नुपर्नेमा जोड दिए ।

उनले विगतमा राजनीतिक परिवर्तनका लागि राजनीतिक दल, नागरिक समाज र प्रेस जगत् एकजुट भएको स्मरण गर्दै अहिले फेरि देशको राष्ट्रियता, स्वाधीनता र स्वतन्त्रताको रक्षाका लागि सबै एक हुनुपर्ने आवश्यकता उत्पन्न भएको बताए ।


Facebook Comments