अनलाइन सञ्चारमाध्यम दर्ताको जिम्मेवारी सूचना विभागका महानिर्देशकलाई


काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन सञ्चारमाध्यम दर्ता गर्ने प्रयोजनका लागि सूचना विभागका महानिर्देशकलाई ‘स्थानीय अधिकारी’ तोकेको छ ।
मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै यो जानकारी गराएको हो । छापाखाना र प्रकाशनसम्बन्धी ऐन, २०४८ को दफा २ को खण्ड (त) ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले यो निर्णय गरेको सूचनामा उल्लेख छ ।
अब, अनलाइन सञ्चारमाध्यम दर्तासम्बन्धी सम्पूर्ण प्रक्रिया सूचना विभागका महानिर्देशक मार्फत हुनेछ ।
Facebook Comments