यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य २० निर्णय (सूचीसहित)


काठमाडौं । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका २० वटा निर्णयहरू सार्वजनिक गरेको छ ।
सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले शुक्रबार सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत निर्णयहरू सार्वजनिक गरेका हुन् ।
हालैको बाढीपहिरोका कारण अत्यधिक मानवीय क्षति भएको इलाम जिल्लालाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरिएको छ ।
वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकलाई अगाडि बढाउने निर्णय गरिएको छ ।
न्याय सेवाका ८ जना अधिकृतहरूको सरुवा गरिएको छ । गृह मन्त्रालयले असोज १९ र २० गते दिएको सार्वजनिक बिदालाई समर्थन गर्ने निर्णय गरिएको छ ।
यस्ता छन् निर्णय:
Facebook Comments