हुम्लामा बोलेरो जिप दुर्घटना हुँदा ३ जनाको मृ*त्यु, ९ घाइते


हुम्ला । हुम्लाको चङ्खेली गाउँपालिकाको पिप्लाङ नजिकै आज (शुक्रबार) बिहान बोलेरो जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्, भने ३ जनाकाे मृत्यु भएकाे छ ।
मेल्छामबाट पिप्लाङ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ च १०९१ नम्बरको जिप बेसी खोलाको गोरुठेक्ना भन्ने ठाउँमा सडकबाट करिब ३०० मिटर तल खसेको बताइएको छ । जिपमा कुल १२ जना सवार थिए।
दुर्घटनामा चंखेली गाउँपालिका-६ का वसन्ती बुढा, उनका छोरा र सोही वडाका मानवीर बुढाको मृत्यु भएकाे छ ।
घाइते हुनेमा दिपेन्द्र सिंह, अनुपमा रोकाया, महेन्द्र रोकाया, वसन्ती रोकाया, पार्वती सिरा, हँस लामा, कैलाश सिरा, बहादुर लामा र सिमकोट–८ का जागृति रोकाया रहेका छन् ।
घाइतेमध्ये केहीको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ भने केहीलाई थप उपचारका लागि हेलिकप्टरमार्फत र्णाली प्रदेश अस्पताल पठाइएकाे गाउँपालिकाका शिक्षा शाखाप्रमुख टिका उपाध्यायले बताए ।
Facebook Comments