कैलालीमा युवकको ह*त्या, टाउको लिएर प्रहरी कार्यालय पुगे २ अभियुक्त

User Image मेयरसाप डेस्क | ४ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/crime.jpg

धनगढी । कैलालीमा एक युवकको घाँटी रेटेर हत्या गरिएको छ । सुर्खेतको चौकुने गाउँपालिका–३ घर भएका २८ वर्षीय केशरसिंह बुढाको घोडाघोडी नगरपालिका–८ मा गएराति घाँटी रेटेर हत्या भएको प्रहरीले जनाएको छ ।  

हत्यामा संलग्न दुई जनाले राति नै प्रहरीमा आत्मासमर्पण गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता (डीएसपी) राजकुमार सिंहले जानकारी दिए ।हत्या आरोपमा घोडाघोडीकै १८ वर्षीय बलबहादुर बि.क. र १९ वर्षीय गंगा बुढा क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा राखेर अनुसन्धान गरिरहेको छ । 

दुबै जनाले बुढाको घाँटी रेटी टाउको छुट्याएका थिए र त्यसपछि टाउको बोकेर आफैं इलाका प्रहरी कार्यालय सुखड मातहतको प्रतिखेत प्रहरी चौकीमा पुगेका थिए । 

प्रहरीका अनुसार मृतक र हत्यामा संलग्न दुई जना स्थानीय खाजा पसलमा बसेर मदिरा सेवन गरिरहेका थिए । सोही क्रममा विवाद भएपछि उनीहरुले धारिलो हतियार प्रहार गरेर बुढाको घाँटी रेटेर हत्या गरेका थिए ।

उनीहरूबीच पहिले चिनजान नरहेको प्रहरीले जनाएको छ । सुर्खेतबाट मृतकका आफन्त आउँदैछन् । अहिले टाउको बिनाको शव घटनास्थल मै छ। घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

 


Facebook Comments