नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्ने

User Image मेयरसाप डेस्क | ३ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/congress.jpg

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्ने भएको छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बिहीबारबाट बसेको पदाधिकारी बैठकले केन्द्रीय कार्यसमिति बैठकका एजेण्डा टुंगो लगाउने बताइएको छ ।

बैठकमा पदाधिकारी तथा पूर्वपदाधिकारीहरूले आ–आफ्नो धारणा राखिरहेका छन् भने आगामी मंसिरमा नियमित महाधिवेशन गर्ने एजेण्डा केन्द्रीय समिति बैठकमा लैजान सुझाव दिएका छन् । बैठकमा नेताहरूले पार्टी अधिवेशन, सरकारले घोषणा गरेको निर्वाचन र जेनजी आन्दोलनको प्रभावबारे बहस चलिरहेको छ । 


Facebook Comments