जेन–जीसहित वैकल्पिक शक्तिलाई छलफलमा आउन आग्रह


काठमाडौं । विवेकशील साझा पार्टीले जेन–जीसहित सबै वैकल्पिक राजनीतिक शक्ति, अभियान, समूह र अभियन्ताहरूलाई वृहत् एकताको लागि सार्वजनिक आह्वान गरेको छ ।
पार्टीका प्रवक्ता आशुतोष प्रधानले एक वक्तव्य जारी गर्दै समृद्ध नेपालको निर्माणका लागि नयाँ दल, जेनजी आन्दोलनका अभियन्ता तथा सार्वजनिक छवि बनाएका व्यक्तिहरूसँग सहकार्य, ध्रुवीकरण र बृहत्तर एकीकरणका लागि पार्टीका सबै ढोका खुला गरिएको जानकारी दिए ।
पार्टीले सबै प्रकारका खुला छलफल, बहस र बृहत्तर नयाँ शक्ति निर्माण गरेर अघि बढ्न सबै सरोकारवालाहरूलाई सार्वजनिक रूपमा आह्वान गरेको छ ।
विवेकशील साझाले जेन–जी विद्रोहको जगमा बनेको प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई स्वागत गर्दै सहयोग गरेर अघि बढ्ने प्रतिबद्धता जनाएको छ ।
पार्टीले आगामी फागुन २१ गते घोषणा गरिएको निर्वाचनमा सहभागी हुने घोषणा पनि गरेको छ ।
Facebook Comments