विद्युत् सर्ट भएर मकवानपुरमा घर जल्यो, २६ लाखको क्षति


काठमाडौं । मकवानपुरको बकैया गाउँपालिका–५, श्रीपुरमा विद्युत् सर्ट भई आगलागी हुँदा एक घर जलेर पूर्ण रूपमा नष्ट भएको छ ।
शनिबार साँझ करिब साढे ६ बजे भएको आगलागीमा स्थानीय शेर घिसिङको टायलको छानो भएको एक तले घर जलेको मकवानपुर प्रहरी प्रवक्ता पुष्कर बोगटीले जानकारी दिए ।
प्रहरीको प्रारम्भिक अनुमान अनुसार, घरमा रहेको खाद्यान्न, लत्ताकपडा र नगद सहित करिब २६ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
प्रहरी र स्थानीयवासीको सहयोगमा करिब ३५ मिनेटपछि आगो नियन्त्रणमा लिइएको थियो ।
Facebook Comments