मेयर बालेन र सुदन गुरुङविरुद्ध नेविसंघले दियो उजुरी

User Image मेयरसाप डेस्क | १७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68eb581fd937b.gif

काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र हामी नेपाल संस्थाका संयोजक सुदन गुरुङविरुद्ध प्रहरीमा उजुरी दिएको छ ।

नेविसंघले गत भदौ २३ र २४ गते भएको जेनजी युवा आन्दोलनमा भएको अप्रिय घटनामा उनीहरूमाथि अनुसन्धानको माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौं र ललितपुरमा उजुरी दर्ता गराएको हो ।

विद्यार्थीहरूलाई आन्दोलनमा आउन उक्साएको, आगजनी, तोडफोड, राष्ट्रिय सम्पदामा क्षति पुर्याएको र सरकारी तथा निजी सम्पत्ति लुटपाट गराएको घटनामा उनीहरूमाथि अनुसन्धान गरिनुपर्ने नेविसंघको माग छ ।

उजुरीकर्ता नेविसंघका केन्द्रीय सदस्यहरूले २४ घण्टाभित्र बालेन र सुदनलाई पक्राउ गरी अनुसन्धान गर्न माग गरेका छन् ।

जेन–जी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक विरुद्ध पनि सुदन गुरुङसहितका युवाहरूले जाहेरी दिएका थिए । त्यसपछि नेकपा एमाले निकट अनेरास्ववियुले पनि उनीहरूविरुद्ध उजुरी दर्ता गराएको थियो ।


Facebook Comments