सिंगापुरको पासपोर्ट विश्वको सबैभन्दा शक्तिशाली, पहिलो पटक अमेरिका पुग्यो १२ औं स्थानमा

नेपालको के छ अवस्था ?

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68ef0d7d3d121.jpg

काठमाडौं । सिंगापुरको पासपोर्ट विश्वको सबैभन्दा शक्तिशाली बनेको छ ।  हेनले एण्ड पार्टनर्सद्वारा प्रकाशित हेनले पासपोर्ट इन्डेक्स २०२५ अनुसार सिंगापुरको पासपोर्ट शीर्षस्थानमा रहेको छ । जसले १९३ देशमा भिसा बिना प्रवेश अनुमति पाउँछ । दोस्रो स्थानमा दक्षिण कोरिया १९० देशमा र तेस्रोमा जापान १८९ देशमा भिसा बिना प्रवेश पाउने हैसियतमा छन्।

अमेरिकी पासपोर्ट भने विश्वका सबैभन्दा शक्तिशाली पासपोर्टहरूको शीर्ष १० सूचीबाट बाहिरिएको छ। अब अमेरिकी पासपोर्ट १२औं स्थानमा पुगेको छ, जुन मलेसियाको बराबरी हो। अमेरिकी पासपोर्टवाहक नागरिक २२७ मध्ये १८० देशमा भिसा बिना प्रवेश गर्न सक्छ ।

इन्डेक्स अनुसार नेपालको पासपोर्ट १०१ औं स्थानमै यथावत छ  ।  नेपालपछि सोमालिया, पाकिस्तान, यमन, इराक, सिरिया र अफगानिस्तान रहेका छन् ।  सन् २०२५ को पहिलो त्रैमासिकमा पनि नेपाल १०१ औँ स्थानमा थियो भने अघिल्लो वर्ष १०३ औँ स्थानमा रहेको थियो । 

 


Facebook Comments