सभामुख घिमिरेद्वारा राजनीतिक दलहरूसँग परामर्श

User Image मेयरसाप डेस्क | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68ef2c54a8b5b.jpg

काठमाडौं । सभामुख देवराज घिमिरेले मुलुकको समसामयिक राजनीतिक अवस्थालाई सहज बनाउन प्रमुख राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल सुरु गरेका छन् ।

सभामुखको कार्यकक्ष सिंहदरबारमा अहिले (रास्वपाबाहेक) विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका तत्कालीन प्रमुख सचेतक र सचेतकहरू सहभागी रहेका सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।

नेपाली कांग्रेस र नेकपा एमालेलगायतका दलहरूका पदाधिकारी तथा केन्द्रीय समितिको बैठक चलिरहेको समयमा सभामुखको यो पहललाई अर्थपूर्ण रूपमा हेरिएको छ ।


Facebook Comments