जिपसँग ठोक्किएर मोटरसाइकल चालकको मृ*त्यु


काठमाडौं । राजधानीको मीनभवनस्थित यातायात विभाग नजिकको सडकखण्डमा गए राति जिप र मोटरसाइकल ठोक्किँदा घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा गोरखाको सिरानचोक–४ घर भएका २३ वर्षीय बालकृष्ण परियार रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
नयाँबानेश्वरबाट आएर सोही स्थानमा ’राइट टर्न’ (दायाँ मोडिँदै) गरेको वाग्मती बिएबी ०३६५ नम्बरको जिप र तीनकुनेतर्फ आउँदै गरेको बा८१प ४०१० नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।
गम्भीर घाइते भएका मोटरसाइकल चालक परियारको सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
Facebook Comments