सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ किनबेच?


काठमाडौं । सुनको मूल्यले दैनिक नयाँ कीर्तिमान बनाउने क्रममा बुधबार पनि तोलामा ४ सय रुपैयाँले वृद्धि भएको छ । योसँगै नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि सुनको भाउ प्रतितोला रु २ लाख ४८ हजार ९ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन रु २ लाख ४८ हजार ५ सयमा कारोबार भएको सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम भएको हो । गत शुक्रबारदेखि सुनको मूल्य निरन्तर बढिरहेको छ ।
लगातार बढिरहेको चाँदीको भाउ भने आज घटेको छ । अघिल्लो दिन प्रतितोला रु ३ हजार ३२५ मा कारोबार भएको चाँदी रु ८५ ले घटेर रु ३ हजार २४० मा झरेको छ ।
विश्वभरका लगानीकर्ताले सुरक्षित लगानी का रूपमा सुनको माग बढाउँदा मूल्य बढिरहेको छ । पछिल्ला महिना सुनको लगानीमा उच्च प्रतिफल देखिएको छ ।
साथै, नेपाल र भारतमा दीपावलीका कारण भौतिक खुद्रा माग बढेको र विश्वका केन्द्रीय बैंकहरूले सुन होल्ड गरिरहेकाले पनि मूल्यमा चाप परेको महासङ्घले जनाएको छ ।
Facebook Comments