अध्यक्ष ओली केन्द्रीय कमिटी बैठकमा सहभागी

User Image मेयरसाप डेस्क | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68ef37e87fd50.jpg

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा आयोजित बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपमहासचिव गोकर्ण विष्ट लगायतका शीर्ष नेताहरू सहभागी भइसकेका छन् ।

पार्टी महाधिवेशन लगायतका आन्तरिक विषय र जेन–जी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम बारे टुङ्गो लगाउन एमालेले यो बैठक आह्वान गरेको हो । 

केन्द्रीय कमिटीका अन्य नेताहरू पनि बैठकस्थल पुग्ने क्रम जारी छ ।


Facebook Comments