बर्तौला भन्छन्– ‘देश संवैधानिक मार्गभन्दा बाहिर छ’

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68ef3eee9449e.jpg

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले वर्तमान राजनीतिक घटनाक्रमपछि देश संवैधानिक मार्गभन्दा बाहिर रहेको टिप्पणी गरेका छन् ।

बुधबार सिंहदरबारमा सभामुखसँगको छलफलपछि उनले अन्तरिम सरकार गठन र संसद् विघटन दुवै असंवैधानिक, अराजनीतिक र अलोकतान्त्रिक रहेको एमालेको ठहर रहेको बताए ।

नेता बर्तौलाले जेनजी आन्दोलनका राम्रा विषयहरूलाई सम्बोधन गर्ने माध्यम संसद् नै भएकाले पुनस्र्थापना जरुरी रहेकोमा जोड दिए । 

उनले सरकार र गृहमन्त्री निर्वाचन गराउनेभन्दा निर्वाचन हुन नदिने काममा लागेको आरोप लगाए । सरकार राजनीतिक दलहरूसँग संवादहीनतामा रहेको र लुटिएका हतियार खोजीमा पनि चासो नदेखाएको उनको ठम्याई छ ।


Facebook Comments