प्रतिक्रान्तिको घटना घट्यो, देश बर्बादीतर्फ धकेलियाे : ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा अप्रत्याशित रूपमा प्रतिक्रान्तिको घटना घटेको र यदि प्रभावकारी ढंगले रोक्न नसकिए देश बर्बादीतर्फ धकेलिएको बताएका छन् ।
ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा बुधबार सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले भने, “आज देश अप्रत्याशित रूपमा प्रतिक्रान्तिको घटना घटेको छ ।”
उनले देशलाई अविलम्ब ’लोकतान्त्रिक, जनपक्षीय, शान्तिपूर्ण, सुशासनयुक्त, भ्रष्टाचारमुक्त र विकास उन्मुख शान्तिपूर्ण बाटोमा फर्काउनुपर्ने’ आवश्यकता औंल्याए ।
अध्यक्ष ओलीले एमालेमाथि प्रहार हुनुको कारण पार्टीले नराम्रो काम गरेकोले नभई, राम्रा नीति लिएकोले भएको दाबी गरे ।
Facebook Comments