राष्ट्रिय सभा अध्यक्ष दाहाल र राष्ट्रपति पौडेलबीच भेटवार्ता

User Image मेयरसाप डेस्क | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68ef4e770f4b2.jpg

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले आज राष्ट्रपति कार्यालय शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् ।

उक्त भेटमा स्विट्जरल्यान्डको जेनेभामा यही अक्टोबर १९–२३ मा हुने अन्तर व्यवस्थापिका सघंको महासभामा नेपालको सङ्घीय संसद्को सहभागिताबारे छलफल भएको छ ।

साथै आगामी माघ महिनामा हुने राष्ट्रिय सभा निर्वाचनका सन्दर्भमा समेत उनीहरूबीच छलफल भएको थियो ।

अध्यक्ष दाहालको नेतृत्वमा सङ्घीय संसद्को प्रतिनिधिमण्डल उक्त महासभामा सहभागी हुँदैछ । उनले यसअघि प्रधानमन्त्री सुशीला कार्कीसँग पनि यी विषयमा छलफल गरेका थिए ।


Facebook Comments