“केपी ओली बिग्रेको भए पो सप्रिनू”


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू कहिल्यै नबिग्रिएको स्पष्ट पार्दै आलोचकहरूलाई कडा जवाफ दिएका छन् ।
आज बुधबारबाट सुरु भएको एमालेको दशौँ केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘ओली अझै सप्रिएन भन्छन् । केपी ओली बिग्रिएको भए पो सप्रिनू ।’
उनले आफ्नो देशभक्ति, देश विकास र राष्ट्रिय स्वाधीनताको दृष्टिकोण नछोड्ने स्पष्ट पार्दै यदि सप्रिनका लागि यी कुरा छोड्नुपर्ने हो भने आफूले नछोड्ने अडान लिए ।
ओलीले पार्टीभित्र आफ्ना कुरा नराख्ने तर बाहिर विरोधीहरूको लहैलहैमा लागेर विभिन्न खालका हल्ला फैलाउने व्यक्तिहरूलाई भने सप्रिनुपर्ने सुझाव दिएका छन् ।
Facebook Comments