जेन–जीका माग पुरा नभएसम्म संसद् पुनर्स्थापना नगरौं : ज्ञानेन्द्र शाही

User Image मेयरसाप डेस्क | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68ef45618d857.jpg

काठमाडौं । सभामुख देवराज घिमिरेले संसद् पुनस्र्थापनाका लागि राष्ट्रिय सहमति जुटाउन बोलाएको प्रमुख राजनीतिक दलहरूको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले कठोर सर्तसहित सुझाव राखेका छन् ।

उनले देशको राजनीतिक अस्थिरता र जनअसन्तुष्टिको मूल कारण संरचनागत त्रुटिहरू भएको भन्दै जेनजीका माग पूरा गर्ने सुनिश्चितता नभएसम्म संसद् पुनस्र्थापनाको मुद्दामा अघि नबढ्न सभामुखलाई आग्रह गरेका हुन् ।

प्रवक्ता शाहीले देशमा देखिएको अस्थिरता, भ्रष्टाचार र कमजोर शासनको समाधान गर्न आठ बुँदे संरचनागत सुधारको खाका प्रस्तुत गरे । राप्रपाले यी मागहरू पूरा गर्ने प्रतिबद्धता सांसदबाट नआएसम्म पुनस्र्थापनाको प्रक्रिया रोक्न अडान लिएको छ ।

मुख्य मागहरूमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री प्रणाली लागू गर्ने, प्रदेश संरचना तत्काल खारेज गर्ने, गैरदलीय स्थानीय तहको अवधारणा ल्याउने, संवैधानिक निकायमा राजनीतिक नियुक्ति बन्द गर्ने, भ्रष्टाचार नियन्त्रणका लागि कठोर नयाँ कानुन बनाउने, प्रतिनिधि सभा उम्मेदवारको उमेर हद घटाएर १८ वर्ष गर्ने, र विदेशमा रहेका नेपालीका लागि अनलाइन मतदान प्रणालीको व्यवस्था गर्ने रहेका छन् ।


Facebook Comments