चितवनमा एक उद्योगको पर्खाल भत्किँदा ३ मजदुरको मृ*त्यु

User Image मेयरसाप डेस्क | १७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68ef5918b5087.jpeg

चितवन । पूर्वी चितवनको रत्ननगरमा रहेको किसान दाना उद्योग को पर्खाल भत्किँदा तीन जना मजदुरको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

रत्ननगर नगरपालिका–१२, शान्तिकुञ्ज टोलमा रहेको दानाको ४ नम्बर भित्तो आज (बुधबार) बिहान ९ः५० बजे भत्किएको थियो । दुर्घटनामा घाइते भएका पाँच जनामध्ये तीन जनाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

मृत्यु हुनेहरूमा खैरहनी नगरपालिका–२ का ४५ वर्षीय सुमरा दराई, गोरखा घर भई हाल रत्ननगर–१२ बस्ने ४५ वर्षीय रमेश दमाई र सोही स्थानका ४५ वर्षीय कमल गुरुङ रहेका छन् ।

पर्सा घर भई रत्ननगर–१२ बस्ने ३९ वर्षीय जीतेन्द्र महतो र ४० वर्षीय अकजप्रसाद थारु घाइते भएका छन् । उनीहरूको सोही अस्पतालमा उपचार भइरहेको र अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।


Facebook Comments